हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं-४ मा हात्तीको आक्रमणबाट मृत्यु भएका ७६ बर्षिय भिम प्रसाद भट्टराईको परिवारलाई पालिकाले राहत स्वरुप ५० हजार नगद आर्थिक सहयोग प्रदान गरेको छ ।
पुर्व उपप्रधानमन्त्री मा.राजेन्द्र लिङ्देनले भट्टराईको परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नु भएको थियोे । सहयोग रकम हस्तान्तरण गर्न माननीय लिङ्देन ,गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन , उपाध्यक्ष लक्ष्मी मैनाली वडा अध्यक्ष सन्तु थापा मगर लगायत जनप्रतिनिधि एवं स्थानीयहरु भट्टराईको घरमा पुगेका थिए ।
हल्दिबारी गाउँपालिकाले विपत व्यवस्थापन कोष मार्फत भट्टराईको परिवारलाई ५० हजार सहयोग उपलब्ध गराएको पालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन( महेन्द्र ) ले जानकारी दिनुभयो ।
भट्टराईको फाल्गुन १५ गते जलथल जङ्गलमा जंगली हात्तीले आक्रमणबाट मृत्यु भएको थियोे ।उक्त सहयोग हस्तान्तरण कार्यक्रममा पुगेका माननीय लिङ्देनलाई मृतक भट्टराईकि ९६ बर्षिय आमा पार्वता भट्टराईले लिम्बू भाषामा गुनासो पोखेकी थिईन ।