झापा, चैत ८ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नागरिक यातायातको बसमा सवार एक यात्रुको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिले पुगेपछि अन्य यात्रुले एक महिलालाई सिटमै अचेत अवस्थामा देखेपछि बस रोकी प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार, उक्त महिला बस यात्रा गर्दै गर्दा अकस्मात अचेत भइन्। घटनापछि प्रहरी र स्थानीयले उनलाई उपचारका लागि नजिकैको अस्पतालमा पुर्याए पनि चिकित्सकहरूले मृत घोषणा गरेका छन्।
महिलाको पहिचान खुलाउन प्रयास भइरहेको प्रहरी स्रोतले जनाएको छ। घटनाको थप अनुसन्धान जारी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
3
+1
+1
+1
12
+1
2