झापा, अर्जुनधारा । झापाको अर्जुनधारा–१ शान्ति चोकमा एक वृद्धाको शौचालयमा लडेर मृत्यु भएको छ। ७० वर्षीया पदममाया योङहाङ लिम्बू आफ्नै घरको शौचालयभित्र मृत अवस्थामा फेला परेकी हुन्।
घरमा एक्लै बस्दै आएकी ती वृद्धा कुन समयमा लडेकी थिइन् भन्ने यकिन हुन नसकेको भए पनि हिजो साँझ ७:१५ बजे स्थानीयले शौचालयभित्र मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1