इलाम । सूर्योदय नगरपालिका-६ कन्याममा एक किसानको गोठमा बाँधिएको गोरुलाई अमानवीय तरिकाले काटेर लगिएको छ। किसान राम राईको गोठमा रहेको गोरुको फिला काटेर लगिएको घटनाले स्थानीयबासीमा आक्रोश छाएको छ।

स्थानीय स्रोतका अनुसार गोरुको एकपट्टि खुट्टाको फिला हड्डीसम्म खुर्किएर मासु निकालिएको अवस्थामा फेला परेको थियो। यसअघि पनि यही गोरुको फिला काटिएको थियो, जसको घरेलु उपचारपछि निको हुँदै गएको थियो। लामो समयपछि गोरु बिस्तारै तङ्ग्रिँदै थियो, तर फेरि उस्तै तरिकाले फिला काटेर मासु लगिएको देखिएको छ। बिहान गोठमा पुगेका राईले गोरुलाई मृत अवस्थामा फेला पारे।

यसअघि पनि यही किसानको अर्को हल गोरुको फिला काटेर लगिएको थियो, जसका कारण गोरुको मृत्यु भएको थियो। उस्तै प्रकृतिको यो दोस्रो घटना भएकाले स्थानीय किसानहरू त्रासमा छन्।

कृषक राईले उक्त घटनाबारे स्थानीय जनप्रतिनिधि र प्रहरीलाई जानकारी गराई दोषी पहिचान गरी कारबाहीको माग गरेका छन्। तर, अहिलेसम्म कसले यस्तो क्रूर कार्य गरेको हो भन्ने पत्ता लाग्न सकेको छैन।

स्थानीयबासीले यस्तो घटना पुनः नदोहरियोस् भनेर सुरक्षा व्यवस्थालाई थप कडा बनाउन माग गरिरहेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
3
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार