झापा, २०८१ चैत ९ । झापाको बाह्रदशी गाउँपालिका-६ नारायण चोक नजिक सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

२०८१ चैत २ गते राति करिब १२:४५ बजे चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। सो दुर्घटनामा परि मोटरसाइकल चालक ३५ वर्षीय विकास भट्टराई गम्भीर घाइते भएका थिए।

गम्भीर चोट लागेका भट्टराईलाई उपचारका लागि B&C अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो। तर, उनको २०८१ चैत ९ गते राति ९:२५ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। यो घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रशासनले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
5
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार