झापा, चैत १० । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–१ मा लागुऔषध ओसारपोसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले आज दिउसो २ बजे एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारत, किसानगन्ज–२ पलसाह निवासी २३ वर्षीय सलमलाई शंका लागि जाँच गर्दा उनले लुकाइछिपाई ल्याएको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर फेला परेको थियो।

प्रहरीका अनुसार प्लास्टिक सहित ५.६३ ग्राम तथा प्लास्टिकबाहेक ४.५५ ग्राम ब्राउन सुगर बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
3
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार