काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशकको रूपमा हितेन्द्रदेव शाक्यले मंगलबार साँझ पदभार ग्रहण गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारको औपचारिक घोषणा भएसँगै शाक्य प्राधिकरणको कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्।

सरकारको यो निर्णयले ऊर्जा क्षेत्रमा नयाँ नेतृत्वको आगमन भएको संकेत गरेको छ। शाक्यले प्राधिकरणको कार्यसम्पादन सुधार, ऊर्जा आपूर्ति व्यवस्थापन तथा पूर्वाधार विस्तारमा प्राथमिकता दिने बताइएको छ।

तस्विर साभार: राताेपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार