नेपाल विद्युत् प्राधिकरणले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युत सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। यो निर्णय मंगलबार भएको विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा गरिएको हो।

कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, अहिले २० युनिटसम्म विद्युत् प्रयोग गर्ने जनताले मासिक ३० रुपैयाँ सेवा शुल्क तिर्नुपर्छ, जसमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ। यो निर्णय विद्युत् नियमन आयोगको स्वीकृतिपछि लागू हुनेछ।

साथै, २० युनिटसम्म विद्युत् उपभोग गर्ने गरिब र साना ग्राहकहरूको मिटर रिडिङ अब तीन महिनामा एकपटक गरिने निर्णय पनि भएको छ। हालसम्म सबै ग्राहकहरूको मिटर प्रत्येक महिना रिडिङ हुँदै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार