दाङ, चैत १५ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १० जलौरामा एक महिलामाथि निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। ९ चैतमा स्थानीय शिला चौधरीलाई घोराही-११ चाघुका गोपाल चौधरीसहित उनका आफन्तहरूले कुटपिट गरेका हुन्।

सुरुमा उनलाई घरभित्र कुटपिट गरियो भने पछि विद्युतको पोलमा बाँधेर थप कुटपिट गरियो। घटनाको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ, जसमा शिला अचेत अवस्थामा देखिन्छिन्, भने वरिपरि मानिसहरू भिडियो खिचिरहेका छन्।

स्थानीय स्रोतका अनुसार १० चैतमा पीडित र आरोपित पक्षबीच प्रहरी कार्यालय नारायणपुरमा ६१ हजार रुपैयाँको लेनदेन गर्दै मिलापत्र गरिएको थियो। मिलापत्रपछि घटना सामसुम पार्ने प्रयास भए पनि सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि पुनः चर्चा सुरू भएको छ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार