अर्जुनधारा नगरपालिका वडा नं. ११ नयाँ बसपार्क क्षेत्रमा लागूऔषध बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले ताप्लेजुङ मेरीङदेन वडा नं. २ निवासी १९ वर्षीया बर्षा केदेमलाई पक्राउ गरेको छ।
प्रहरीले खानतलासी गर्दा उनको साथबाट प्लास्टिकमा पोका पारेर राखिएको २ ग्राम ९८० मिलिग्राम ब्राउन सुगर फेला परेको जनाएको छ। पक्राउ परेकी केदेमलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।
समाचार स्रोत: प्रतिदिन दैनिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
1
+1
1