काठमाडौं, चैत १७ । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनका क्रममा एक व्यक्तिले प्रहरीको बन्दुक खोसेको घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गर्नका लागि अदालतबाट हिरासतको म्याद थप गरिएको छ। तर, हराएको बन्दुक भने अझै फिर्ता हुन सकेको छैन।

चैत १५ गते तीनकुनेस्थित मार्बल हाउस नजिक प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। सोही क्रममा सशस्त्र प्रहरीले प्रयोग गर्ने अश्रु ग्यास प्रहार गर्ने बन्दुक प्रदर्शनकारीहरूले खोसेका थिए। प्रहरीले हराएको बन्दुक फिर्ता ल्याउने प्रयास जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार