झापा, २०८१ चैत १७ । झापाको मेचीनगर नगरपालिका–६ मेचिडाँडामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानी ट्याङ्कीबाट भाडाको सिटी सफारी गाडीमा नेपालतर्फ आउँदै गरेका झापा कमल गाउँपालिका–४ का ३८ वर्षीय संयोग बस्नेत र दमक नगरपालिका–८ का ३४ वर्षीय अंकित कार्कीलाई नियन्त्रणमा लिएको हो।
शंका लागि चेकजाँच गर्ने क्रममा कार्कीले घाटीमा बाँधेको कलेजी रङको गलबन्दीभित्र प्लास्टिकको पोका बनाई लुकाइ राखेको अवस्थामा ९.७८ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ। हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट उनीहरूविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
2
+1
+1
+1
+1