मिति २०८० साल माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
आज गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना सार्वजनिक गरेर भोलि बिदा दिने निर्णय गरेको हो।
नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार चैत्र १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि मन्त्रालयका सहसचिव/प्रवक्ता रामचन्द्र तिवारीले हस्ताक्षर गरेर सार्वजनिक गरिएको सुचनामा उल्लेख गरिएको हो।
नेपाल सरकार गृह मन्त्रालयले सार्वजनिक गरिएको बिदाको सुचना सगै केही झापाका स्थानीय तहहरुले पनि बिदाको सुचना सार्वजनिक गरिएका छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1