अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विश्वभर पारस्परिक करको घोषणा गर्ने जनाइएको छ। ह्वाइट हाउसले मंगलबार जानकारी दिएअनुसार ट्रम्पले स्थानीय समय अनुसार साँझ ४ बजे रोज गार्डेनमा ‘मेक अमेरिका वेल्थी अगेन’ कार्यक्रममा भाषण दिनेछन्। यस कार्यक्रममा पारस्परिक ट्यारिफ सम्बन्धी महत्वपूर्ण घोषणा गरिनेछ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले कर घोषणा भएलगत्तै लागू हुने बताइन्। उनले ट्रम्पले धेरै पटक अप्रिल २ लाई अमेरिकाको मुक्ति दिवसको रूपमा वर्णन गरेको उल्लेख गर्दै भारत लगायत अन्य धेरै देशहरूमा पारस्परिक शुल्क लगाइने बताइन्।

क्यारोलिन लेभिटका अनुसार, ‘ट्रम्पले बुधबार लगाउने करको स्तरको बारेमा पहिले नै निर्णय गरिसकेका छन्। म राष्ट्रपतिविपरित जान चाहन्नँ। यो एउटा ठूलो दिन हो। उनी हाल आफ्नो व्यवसाय र ट्यारिफ टोलीसँग छन्। हामी यसलाई अझ राम्रो बनाउँदैछौं। यसले अमेरिकी जनता र कामदारहरूको लागि फाइदा हुनेछ। २४ घण्टा भित्र करको बारेमा सबैले थाहा पाउनुहुनेछ।’

पारस्परिक शुल्क एक प्रकारको सीमा शुल्क हो जुन कुनै पनि देशले विदेशबाट आउने सामानहरूमा लगाउँछ। यो कर आयातकर्ता कम्पनीमाथि लगाइन्छ। यसलाई बढाएर वा घटाएर देशहरूले आपसमा व्यापार नियन्त्रण गर्छन्।

ट्रम्पले केही अघि भाषणमा अन्य देशहरूले अमेरिकामा भारी भन्सार लगाएका तर अमेरिकाले धेरै कम कर लगाइरहेको बताएका थिए। अमेरिकामाथि अन्यायपूर्ण कार्य दशकौंदेखि हुँदै आएको र अब अमेरिकाले पनि बराबर कर लगाउने बताएका थिए। ट्रम्पले भनेका थिए, ‘अमेरिकामा अप्रिल २ देखि पारस्परिक ट्यारिफ लागू हुनेछ। यसको अर्थ उनीहरूले हामीमाथि जति ट्यारिफ लगाउँछन्, हामी उनीहरूमाथि पनि त्यति नै लगाउनेछौं।’ उनले हाँस्दै आफूले कर अप्रिल १ मा लागू गर्न चाहेको तर मानिसहरूले यसलाई ‘अप्रिल फूल’ सम्झिन सक्ने भएकाले त्यसो नगरेको बताए।

यसैबीच, निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको थियो। यस्तै, डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो।

निगमका अनुसार पेट्रोलको भाउ कुनै परिवर्तन नगरिए पनि डिजेल तथा मट्टितेलको भाउ घटाउने निर्णय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार