इलाम । इलाम नगरपालिका–१२, साङरुम्बामा एक ९० वर्षीय वृद्धले आफ्ना ज्वाईंलाई बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएका छन्।
साबिक साङरुम्बा वडा नं. ४, कटुवाल गाउँमा आज बिहान भएको घटनामा ९० वर्षीय अम्बिरबहादुर नेम्बाङ (शिकारी)ले आफ्ना करिब ६० वर्षीय ज्वाईं कृष्ण जवेगुलाई बन्चरो प्रहार गरेका हुन्।
स्थानीय स्रोतका अनुसार, घाँस काटेर घर फर्केका वृद्ध नेम्बाङले घरमा आराम गरिरहेका ज्वाईंमाथि अचानक आक्रमण गरेका थिए। आक्रमणको कारण खुल्न सकेको छैन। घाइते जवेगुको अवस्था गम्भीर रहेको छ, र उनलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
2
+1
+1
+1
4
+1