कृष्णसागर इङ्गलिश स्कुलले गर्‍यो , १२ जना स्वास्थ्य स्वयंसेविकालाई संमान
जलथल ,२२ चैत्र । हल्दिबारी – ४ मा रहेको कृष्णसागर इङ्गलिश स्कुलले १२ जना स्वास्थ्य स्वयंसेविकालाई संमान गरेको छ ।
विद्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनीहरुलाई हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन लगायत अन्य अतिथिहरुले नगदसहित , दोसल्ला ओढाएर   कदरपत्रद्वारा संमान गरेको विद्यालयले जनाएको छ ।
उक्त कार्यक्रममा  कक्षा ८  अध्यन पूरा गरेका विद्यार्थीलाई  विदाई तथा  वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण समेत गरिएको थियोे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री गोपालप्रसाद कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन , गाउँ शिक्षा सहजकर्ता दुर्गा प्रसाद अधिकारी , जलथल स्वास्थ्य चौकीका इन्चार्ज माधव प्रसाद यादव , सम्मानित स्वास्थ्य स्वयंसेविका सारदा उप्रेतीलगायतले विद्यालयको प्रशंसा गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै  विद्यालयका प्रिन्सिपल  नितेश खरेलले विद्यालयले विगत वर्ष गरेको सफलताको चर्चा गर्दै भविष्यका योजनाहरू र आगामी दिनमा थप प्रगतीका साथ अगाडि बढ्ने प्रतिबद्धता राखेको संमान कार्यक्रममा स्वागत मन्तव्य  विद्यालयका सह प्रिन्सिपल योगेश कार्कीले  गर्नु भएको थियो ।
विद्यालयले साविक जलथल , हाल हल्दिबारी ३,४ र ५ मा लामो समयदेखि स्वयंसेविकाको रुपमा काम गर्दै आएका १२ जनालाई उच्च संमानका साथ संमान गरेको जनाएको छ ।
कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मी देवि मैनाली , वडा सदस्यहरु ,अभिभावकहरुको उपस्थित रहेको कार्यक्रम संचालन कक्षा ७ कि छात्रा युनिसा न्यौपानेको रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
5
+1
1
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार