अछाम, चैत २३ । अछामको साँफेबगर नगरपालिका–५ नवाठानामा घाँटीमा मासु अड्किएर एक पुरुषको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ४२ वर्षीय डम्मरबहादुर कुँवरको खसीको मासु खाँदै गर्दा घाँटीमा अड्किएर मृत्यु भएको हो। चैते दसैँको अवसरमा गाउँमा काटिएको खसीको मासु पकाएर खाँदा अकस्मात मासु अड्किएपछि कुँवर बेहोस भएका थिए। उपचारका लागि तत्काल बयालपाटा अस्पताल पुर्याइएकोमा आज दिउँसो १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1