हल्दिबारी ,२३ चैत्र । पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समुहको १७ औं वार्षिक साधारणसभा समुहका अध्यक्ष सागर पोर्तेलको अध्यक्षता एवं हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

हल्दिबारी -४ मा रहेको यस वन ७४०.६१ हेक्टर  जमिनमा फैलिएको जलथल जङ्गलकै सबैभन्दा ठुलो सामुदायिक वन हो । १५० भन्दा  बढी प्रजातीका रुखहरु रहेको जैविक तथा भौगोलिक विविधता भएकोले पनि पाथीभरा कालिका वनको महत्त्व बढ्दै गएको पाइन्छ ।
हात्ती, सुनगोरो लगायतका संकटापन्न बन्यजन्तुहरुको बासस्थान रहेको यस जङ्गलमा एक्ले गलेनी ,मधु ,कुरिलो र सर्पगन्ध जस्ता महत्त्वपूर्ण जडिबुटीहरु रहेको पाइन्छ ।
जंगली फलफुल र थाकल जस्ता आकर्षक एवं संकटापन्न
लटहर जस्ता महत्त्वपूर्ण वनस्पति र पाथीभरा मन्दिर लगायतका पुरातात्त्विक र धार्मिक महत्त्वका संरचानाले यस सामुदायिक बन लोकपि्रय   बन्दै गएको देख्न सकिन्छ ।
साधारणसभालाई प्रमुख अतिथि रवीन्द्र प्रसाद लिङ्देन , वडा अध्यक्ष शन्तकुमार थापा , डिभिजन बन कार्यालय रङ्गेडाडाका प्रमुख कुलप्रसाद भट्टराई , सामुदायिक उपभोक्ता महासंघ कोशी प्रदेश कोषाध्यक्ष गितादेवी भण्डारी , महासंघ झापा जिल्ला उपाध्यक्ष चन्द्रबहादुर तामाङ , स्थानीय महासंघ अध्यक्ष चिरञ्जीवी पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
वन उपभोक्ता समितिका अध्यक्ष सागर पोर्तेलले वार्षिक कार्ययोजना तथा वनमा देखिएका चुनौती र समाधानमा स्थानीय सरकार देखि सरोकारवालाको ध्यानाकर्षण गर्दै  करिब ७६ लाखको वार्षिक बजेज समेत प्रस्तुत गरेका थिए ।
समितिकि उपाध्यक्ष   सर्मिला लामिछानेले स्वागत  तथा कार्यबिधी माथी प्रकास पारेको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन माथी समितिकि कोषाध्यक्ष मनिता गौतमले प्रष्ट पारेकी थिइनँ ।
संस्थाको लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक भगरथ खरेल ले प्रस्तुत गरेको कार्यक्रमको सहजीकरण सचीव सालिकग्राम पराजुलीले गरेका थिए ।
साधारणसभामा पालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली  वडा सदस्यहरु ,पत्रकार एवं वन समितिका ७०३ उपभोक्ता हरुको उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार