हल्दिबारी चैत्र २४। झापाको हल्दिबारी गाउँपालिका वडा नं ५ को कन्चनश्री बजारमा अस्थाई प्रहरी चौकीको एक कार्यक्रम बिच उद्घाटन गरिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको प्रमुख आतिथ्यता एव्म हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा अस्थाई प्रहरी चौकीको स्थापना गरिएको हो। साविक जलथल लाई ३ वटा वडामा विभाजन गरिए पछी जलथल प्रहरी चौकीले शान्ति सुरक्षा कायम राख्दै आएकोमा बढदै गएको चोरी तस्करी तथा लागुऔषधका घटना लाई न्यूनीकरण गर्ने अस्थाई प्रहरी चौकी स्थापना भए पछी शान्ति सुरक्षा कायम हुनेमा स्थानीयवासीले खुशी व्यक्त गरेका छन।
पालिका अध्यक्ष लिङ्देन ,प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र), वडा नं ५ का अध्यक्ष खड्ग लावती,वडा सदस्य एव्म नेपाली कांग्रेस वडा नं-५ का वडा सभापति विजय फागोको अथक प्रयास पछी जिल्ला सुरक्षा समिति र नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे ,सचिव नबिन बिमलीको पहलकदमीमा एक महिना भित्रमै अस्थायी प्रहरी चौकी स्थापना गर्ने सफल भएको हो।
प्रहरी चौकी स्थापना उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी ,पालिका अध्यक्ष लिङ्देन,जिल्ला प्रहरी झापाका प्रमुख मिलन केसी ,नेपाली कांग्रेस जिल्ला सभापति देउमान थेबे ,नेपाली कांग्रेस हल्दिबारी सभापति गंगा प्रसाद प्रसाई ,राप्रपा हल्दिबारी अध्यक्ष एकराज राना मगर ,नेकपा माओवादी केन्द्र हल्दिबारी अध्यक्ष खगेन राजवंशी ,एमाले हल्दिबारीका प्रतिनिधि धनकेशर बस्नेत लगायतले चौकी स्थापना बाट सम्मानलाई पुग्ने फाइदा तथा शान्ति सुरक्षामा देखिने चुनौती समाधानका बिषयमा आ आफ्नो बिचार राख्नु भएको थियो।
उद्घाटन कार्यक्रमलाई स्वागत वडा नं-५ का अध्यक्ष खड्ग लावतीले गर्नु भएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बन (महेन्द्र)
ले गर्नु भएको थियो। गाउँपालिकाले भाडामा लिएर अस्थाई रुपमा सञ्चालनमा लाएको अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा ७ जनाको अस्थाई दरबन्दी कायम गरिएको छ ।
उक्त कार्यक्रममा झापा जिल्ला सुरक्षा निकायका प्रमुखहरु अरिदमन गण चाराआलीका गणपति प्रमुख सेनानी प्राजु बस्नेत, सशस्त्र प्रहरी बल नेपाल २ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी,नेपाली कांग्रेस जिल्ला सचिव नविन बिमली,हल्दीबारी वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी, वडा सदस्यहरु विजय फागो ,जिवन कन्दङ्वा ,सुस्मा महरा , शिवमाया मगर ,कार्यपालिका सदस्यहरू भगिरथा दाहाल,हरीयाली वन समुहका अध्यक्ष झम्विर नेम्वाङ,वडा सचिव भजन सङ्गौला लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।