समीर न्यौपाने । जर्मनीको चुनावमा दुवै दाहिने र देर्वे धारका पार्टी, सिडियु र एसपिडी कम मतमा संगालिनु परेको सर्वेक्षणले देखाएको बुझिएको छ ।
पहिलो पल्ट एफडी (अल्ट्रनेटिभ फर ड्युचल्याण्ड) ले जमर्नीमा भइरहेको मतदानमा पहिलेको भन्दा केही अग्रता लिएको बताइएको छ । एक चौथाइ मतदाताहरु यस पार्टीलाई पुनःस्थापित गर्न लागि परेको बताइएको हो ।
एक दशक अघि, युरोजोन संकट पछि जर्मनीले दक्षिणी युरोपबाट उद्धार गरेको विरोधमा विरोध प्रदर्शन पछि , हराएको पार्टी प्ुन सत्तामा आउने सम्भावना बढेर गएको भनिएको छ ।
सन् २०१३ को संघिय चुनावमा एफडीको मत सर्वेक्षण ४.७ प्रतिशत मात्र रहेको थियो । त्यसैले उक्त दल जमर्नीको संघीय संसद बुण्डस्टागमा सामेल रहेन ।
त्यसपछि जमर्नीमा बदलाब आयो । चान्सलर एंगेला मार्कलले लाखौं शरणार्थीहरुका लागि सिमा खोलिदिइन । त्यसपछि एफडी विपक्षी आप्रवासी पार्टीको रुपमा संञ्चालीत भयो । यसको लोकप्रियता पनि रहयो ।
आज फेरी नयाँ चुनाव हुँदै छ । अनि सेन्टर राइट क्रिस्चियन डेमोक्रेटिक युनियन (सि.डि.यु) र सेन्टर लेफ्ट सोसियल डेमोक्रेटिक पार्टि (एस. डि.पि.) दुवैले मध्यस्ततामा सरकार बनाउन अस्विकार गरेको बताइएको छ ।
सन् २०१८ मा सि.डि.यु का नेता ४० प्रतिशतले विजयी हुने विश्वास लिएका थिए । तर फेबु्रवरीमा सि.डि.युले ३० प्रतिशत समेत मत आर्जन गर्न सकेन । चुनावमा यदी संयुक्त सरकारमा जाने भए थुपै्र मत हासिल गर्नु पर्ने रहेको जानकारहरु बताउँछन् ।
यो उनीहरुकै गलत नतिजा हो । आज जमर्नीको राजनीतिक धारणा वैचारीक रुपमा वातावरण परिवर्तन, शरणार्थीको मुद्वा र शान्ति सुरक्षामा अडिग हुनु पर्ने अवस्था छ । आर्थिक संरचना सुधारोन्मुख छैन, इन्धनको मूल्य आकाशिए सँगै उद्योग धराशायी छ, शरणार्थीगत अपराधका घटना नगन्य छन् ।
अब जर्मनीमा ३ दल बिच अन्तिम पटक दरिलो गठवन्धनमा सरकार बन्ने कुरा निश्चत प्राय छ ।
यद्यपी एस. डि.पि.लाई जमर्नी मतदाताले यसअघी फेबु्रवरीमा विदाई गरीसकेका छन् जसको सरकारमा ७ मन्त्रिहरु रहेका थिए ।
सि.डि.यु लाई मौद्रिक कोषको तनावमा छ । उनीहरुले पछिल्लो सांसदसँग यो विषय उठाएको बताइन्छ । दलगत खर्चको उपायको लागि केहि बताइएको पाइन्छ । सरकारलाई गठवन्धनपछि लाखौं करोड डलर खर्च हुने जानकारी दिइएको छ ।
जानकारहरु बताउँछन्, गठवन्धनले वातावरण परिवर्तनमा दलहरुले अर्वौ खर्च गर्छन तर उनीहरुले संविधानत् गर्नु पर्ने काममा भने शून्य बचत हुने प्रस्टाइन्छ ।
अव जर्मनीका चान्सलर फेड्रिच मर्ज हुने आंकलन गरीएको छ । उनी वामपन्थि विचारधारालाई स्वागत नगर्ने होडमा छन् । प्रजातान्त्रिक धारलाई पनि उनी कम विश्वास गर्छन ।