झापा, चैत्र ३० । आज बिहान झापाको कनकाई नगरपालिकामा विद्युतीय मोटरबाट करेन्ट लाग्दा एक व्यक्तिको मृत्यु भएको छ।

कनकाई नगरपालिका वडा नम्बर १ निवासी ६६ वर्षीय ताराबहादुर विश्वकर्माको करेन्ट लागेर ज्यान गएको हो। बिहान करिब ११ बजेतिर उनले आफ्नै घरमा पानी तान्ने मोटरको तार जडान गर्ने क्रममा अचानक करेन्ट लागेको थियो।

घटनापछि घाइते भएका विश्वकर्मालाई उपचारको लागि आफन्तहरूले बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको झापा प्रहरीले जनाएको छ।

विद्युत् सुरक्षासम्बन्धी सावधानी नअपनाउँदा यस्ता दुर्घटना भइरहने भएकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार