झापा, ३१ चैत्र । झापा जिल्लाको हल्दिबारी गाउँपालिका–२, राई टोल भन्दा केही तलको गाउँमा खोरमा बाँधिएको खसीलाई अज्ञात व्यक्तिहरूले चिया बगानको बीचमा लगेर रुखमा झुन्ड्याएका थिए।
जीवित रहेको खसीलाई क्रूरतापूर्वक तड्पाएर बिचको मासु काटेर चोरेर लगिएको अवस्थामा फेला पारिएको हो। यस्तो अमानवीय र क्रूर घटना देखेर स्थानीयवासी स्तब्ध भएका छन्।
हाल घटनाको जानकारी सम्बन्धित निकायलाई दिइएको छ र अनुसन्धान अगाडि बढाइएको छ। यस घटनाले गाउँमा त्रासको वातावरण सिर्जना गरेको छ भने पशुपालनमा आश्रित किसानहरू पनि चिन्तित छन्। स्थानीयहरूले दोषीको पहिचान गरी कारबाही गर्न माग गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
1
+1
1
+1
6
+1
34
+1
4