मायाको मिलन गर्ने बर्ष बनोस ८२
तिमी सग भएका मेरा याद साट्ने समय बनोस ८२
हाम्रो कुभलो सोच्ने लाई झक्झकाउने बर्ष बनोस ८२
सिकाई न हो जिन्दगी सिकि रह्नु पर्छ ।

एक अर्का लाई सिकाउने बर्ष बनोस ८२
झगडा कम ,माया ज्यादा गर्ने बर्ष बनोस ८२
तिमीलाई भेटिराख्न त सम्भव छैन तर सम्झिरह्ने बर्ष बनोस ८२
बुझाई न हो जिन्दगी एक अर्का लाई बुझाउदै गर्नु पर्छ ।

तिमी मेरो हुन नदिनेहरुको पनि राम्रो बनोस ८२
सबैको भलो अनि उन्नति प्रगति बनोस ८२
काख बाट छिनेर के गर्नु मन बाट छिन्न नसक्ने बनोस ८२
तेही पनि म त सोच छु सबैको जय जय बनोस ८२

तिमीलाई पनि त मेरो बन्न लाग्ने बन्दै छ ८२
कयौं लाई खुशी पार्ने साल बन्दै होला तिम्रो ८२
म अरुको त जान्दिन तिम्रो मन खुशि हुने बनोस ८२
मेरो दुखेको मन भन्दा बढी न दुख्ने बनोस तिम्रो ८२

तिमि बोलिराख्ने हासिराख्ने अनि देखिराख्ने बनोस ८२
तिम्रा नयनले मलाई सोधिराख्ने बनोस ८२
मनले कति खोज्छ जान्दिन म
दिमागले खोजिराख्ने बनोस ८२

तिम्रा म प्रति कति छन अधिकार त्यो म जान्दिन , आफ्नै मुटुलाई जति अधिकार दिने झै बर्ष बनोस ८२
मलाई के भनेर राख्या छौ ,कहाँ ?
त्यो थाहा छैन भाडा बेगर पनि राख्न सक्ने बनोस ८२

हिजो थियो आज छ भोलि रह्ने छ शुभकामना
औपचारिकता र झारो टार्ने मात्र नबनोस ८२
सबैको मङ्गल होस भन्दै
तिम्रा इच्छा पुरा हुने बनोस ८२

तिम्रा इच्छा सगै जोडिएर हाम्रो माया अनुकरणीय बन्दै अगाडि बढाेस ८२
हेर्नेले भन्नु अभि र उनको जस्तो बनोस ८२
यो पढ्नेले भन्नु सधै येस्तै बनोस ८२

सगै हुनेले भन्नु माया उनीहरुको जस्तो बनोस ८२
पाएकाले बोझ ठान्ने र
नपाउनेले सोच ठान्ने नबनोस ८२
४१ गुना ८२ जस्तै बनोस ८२

मेरो अँाखाका आसु बुझ्ने
प्रकट गरेका विचार बुझ्ने
भक्कानिएका भाव जाच्ने
तिमीले सामर्थ्य प्राप्त गर्ने बनोस ८२

अभिषेक खतिवडा (अभि)✍️

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार