दर्शनशास्त्रमा
धर्मलाई अफिमको संज्ञा दिइन्छ।
उसले संसार भरिका धर्म हेर्यो,
धर्मका गुरु हेर्यो,
धर्ममा भएका भगवान गर्यो,
अन्धभक्त हेर्यो,
ईश्वरले सबैलाई प्रेम गर्छन् भनेर पनि
ईश्वरको विरोध गर्न नसक्ने र नसकेकालाई हेर्यो,
अनि हेर्यो बौद्ध धर्म।
भगवान बुद्ध
जसले मोक्ष गति को उपदेश दिए
आज उनकै अनुयायी जति
दलाई लामालाई अवतार भनी
पहिलो…..दोश्रो…. देखि
तेर्हौ सम्म पुनर्जन्म को सञ्ज्ञाले
आफ्नो धर्मको चिरहरण गरिरहेका छन।
सायद बुद्धको ज्ञान पाएर पनि
दलाई लामालाई मोक्ष गति
अर्थात् महापरिनिर्वाण हासिल गर्न
तेह्र पल्ट पुनर्जन्म लिनु पर्यो।
समाजले देख्ने पाप नै हो,
सायद दलाई लामा पनि पापी थिए
त्यसैले तेह्र पल्ट पुनर्जन्म पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1