झापा, वैशाख २ । झापा जिल्लाको मेचिनगर नगरपालिका–१२ कालिकास्थित सामुदायिक वनमा शनिबार बिहान जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्।
दाउरा संकलन गर्न गएका ३२ वर्षीय सन्तोष लिम्बु जंगली हात्तीको एक्कासी आक्रमणबाट घाइते भएका हुन्। करिब १० बजे घटेको उक्त घटनामा हात्ती देखेपछि ज्यान बचाउन भाग्ने क्रममा लडेर सन्तोष घाइते भएका थिए।
घटनास्थलमा रहेका उनका भाई सुजन लिम्बुले तत्काल उद्धार गरी सन्तोषलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्याएका थिए। अस्पताल स्रोतका अनुसार सन्तोषको बाँया खुट्टा भाँचिएको छ भने उनको अवस्था सामान्य रहेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चारआलीबाट प्रहरी नायव निरीक्षक प्रमोद रेग्मीको टोली घटनास्थलमा पुगेको थियो। झापा प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
3
+1
2
+1
2
+1
+1
1
+1