झापा । नेपालको लोपोन्मुख मेचे जातीले यस बर्षको बैशागु बथर पर्व धुमधामका साथ मनाएका छन् । आज झापाको मेचीनगरमा बिशेष कार्यक्रमको आयोजना गर्दै मेचे समुदायले यस बर्षको बैशागु बथर पर्व मनाएको हो ।

नेपालको ७७ जिल्ला मध्ये झापामा मात्रै बसोबास रहेको लोपोन्मुख आदिवासी जनजाति मेचे समुदायले प्रत्येक बर्ष बैशाख ३ गते मनाउँदै आएका बैशागु बथर पर्व यसपालि पनि नेपालसहित छिमेकी मुलुक भारतको सिलुगुढी, आसामलगायतका स्थानबाट भेलाभएर हसोल्लासका साथ मनाएका हुन् ।

नेपालको जनगणना २०७८ अनुसार मेचे जातीको जनसंख्या पाँच हजार १ सय ९३ जना रहेको छ । बिशेषगरी झापाको मेचीनगर, भद्रपुर, विर्तामोड, हल्दिबारी, अर्जुनधारा र दमकलगायत ९ वटा स्थानीय तहमा मात्रै बसोबास गर्ने मेचे समुदायले बैशागु बथर पर्वलाई राष्ट्रिय पवको रुपमा मनाउँदै आएका छन् ।
मेचे जातीको आफ्नै छुट्टै कला सँस्कृति, भेष भुषा, भाषा र रहनसहन छ । लोपोन्मुख जाती मेचे समुदायको पहिचानको रुपमा रहेको बैशागु बथर पर्वलाई मेचे समुदायले निरन्तरता दिँदै यसपालि पनि हर्साेल्लासका साथ मनाईएको स्थानीय पवन मेचे बताउँछन् ।

पछिल्लो समय युवा पुस्तामा आफ्नो कला संस्कृति र धर्म सम्बन्धि ज्ञानको अभाव हुँदा मेचे समुदायको पहिचान लोप हुँदै गइरहेको छ । त्यसलाई संरक्षण र प्रवर्द्धन गर्न पनि आफुहरुले बैशागु बथर पर्व मनाउँदै आएको मेचे समाज शिवियारी आफात केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष व कमल मेचे बताउँछन् । यस पर्व सबै उमेर समुहका मानिसहरुले मनाउने भएकाले संस्कार पुस्तान्तरण गर्न पनि बिशेष महत्व रहेको उनको भनाई छ ।
मेचे समुदायको बैशागु बथर पर्व मनाउन प्रत्येक बर्ष नेपाल झापाको मात्रै नभएर भारतको आसामबाट समेत मेचे समुदायका मानिसहरु नेपाल आउने गरेकाे उनको भनाइ छ ।
यसैबीच बैशागु बथर पर्वको अवसर पारेर आज संघिय सभामुख देवराज घिमिरेले मेचे समाज शिवियारी आफात केन्द्रीय कार्यालयको उद्घाटन गरेका छन् । श्रमदान सहित करिब एक करोडको लागतमा मेचीनगर ११ स्थित धाइजनमा रहेको नवनिर्मित तीन तले पक्की भवनको उद्घाटन पश्चात् बोल्दै सभामुख घिमिरेले राज्यले लोपोन्मुख आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर्न लागि परिरहेको बताए । उनले नेपाल बहुजाती, बहुभाषिक र कला संस्कृतिले भरिपुर्ण रहेकाले सबैले आआफ्नो कला संस्कृतिको जगेर्ना गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमलाई भारतीय पुर्व साम्सद साम्सुहाङ्ग खुङ्गह वस्मथारी , मेची नगर उपप्रमुख मिना उप्रेती , नेकपा एमाले सल्लाहकार सदस्य बिस्णु प्रसाईं, प्रधानमन्त्रीको शोकिय सचिव रोषनी मेचे , मेचे महिला उत्थान सघका अध्यक्ष नुमा मेचे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
समाजका केन्द्रिय अध्यक्ष बिरेन मेचेले कार्यक्रमको औचित्य माथी प्रकाश पारेको कार्यक्रममा स्वागत समाजकी उपाध्यक्ष सीता श्रेष्ठ मेचेले राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण समाजका महासचिव कालू मेचे र सचिव महेशलाल मेचेले गर्नु भएको थियो ।
मेचे समुदायको बसोबास रहेकाे पालिका मेचीनगर, हल्दिबारीलगायतले बैशाख ३ गते स्थानीय विदा समेत दिने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
+1
+1
+1