झापा । १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा झापाको भद्रपुरबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–४, आँपगाछी बस्ने २० वर्षीय लखिराम सोरेन रहेका छन्।

प्रहरीका अनुसार सोरेनले शुक्रबार बिहान करिब ४ बजे भद्रपुर–४ स्थित झिलमिल खोलाको डिलमा रहेको बाँसघारीमा बालिकामाथि जबरजस्ती करणी गरेका थिए। पीडितले दिएको जाहेरीअनुसार सोरेनले फागुन १० गतेदेखि पटक–पटक यस्तो गैरकानुनी कार्य गर्दै आएको उल्लेख छ।

पीडित पक्षको लिखित जाहेरीपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले सोरेनलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार