ब्यासी भक्तपुर/६ बैसाख। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा “रक्तदान तथा रक्त-तत्व सम्बन्धि अभिमुखिकरण” बिषयक एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखा र भक्तपुर जेसिसकाे संयुक्त आयाेजनामा आयाेजित उक्त कार्यक्रमकाे सभापतित्व नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला सचिब एवं भक्तपुर जेसिसका अध्यक्ष पर्मेश्वर जोशीले गर्नुभएको थियो ।

भक्तपुर जिल्ला रेडक्रसका रिसाेर्स पर्शन इश्वर श्रेष्ठले भक्तपुर रक्त सञ्चार सेवाका गतिविधि बारे प्रकाश पार्नुभएकाे थियोे । कार्यक्रममा भक्तपुर जेसिस जुनियरका अध्यक्ष नुमा याेञ्जन र नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखाका सल्लाहकार मुक्तिसुन्दर जधारीकाे आतिथ्यता रहेको थियो ।

सिङ्गो कार्यक्रमकाे संयाेजन नेपाल स्वयंसेवी रक्तदाता जिल्ला शाखाका अध्यक्ष सद्दाम बालाले गर्नुभएको उक्त कार्यक्रमकाे सहजिकरण भक्तपुर जेसिसका महासचिव उमेश रासकाेटीले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार