झापा, बैशाख ८ । जिल्ला इलाम माङ्सेबुङ गाउँपालिका–४ निवासी ५९ वर्षीय धन बहादुर बिश्वकर्माको झापा कारागारमा थुनामा रहेका बेला उपचारको क्रममा मृत्यु भएको छ।

ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका बिश्वकर्मालाई हाल झापा कारागारमा राखिएको थियो। मेडिकल रिपोर्ट अनुसार उहाँको घाटीमा क्यान्सरको लक्षण देखिएको थियो।

आज दिउँसो करिब १६:२५ बजे अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर, झापामा लगिएको थियो। तर, अस्पतालमा उपचारको क्रममा करिब १६:४० बजे उहाँको मृत्यु भएको चिकित्सकहरुले जानकारी दिएका छन्।

मृतकका आफन्तलाई घटनाबारे जानकारी दिइसकिएको जनाइएको छ। सम्बन्धित निकायले घटनाको थप अनुसन्धान अगाडि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार