धनुषा । धनुषाको शहीदनगर नगरपालिका–५ मा एक हृदयविदारक घटना भएको छ। विष सेवनबाट एकै घरका तीन बालबालिकाको ज्यान गएको छ भने उनीहरूकी आमा गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
प्रहरीका अनुसार स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको हो। उनीहरूकी आमा ३० वर्षीया पविता साह गम्भीर अवस्थामा रहेकी र अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक संजीव यादवका अनुसार सोमवार साँझ करिब ६:४० बजे आमासहित बालबालिकाले विष सेवन गरेको अवस्थामा फेला पारिएको थियो। तत्काल उपचारका लागि लैजाने क्रममा तीनै बालबालिकाको मृत्यु भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
+1
+1
+1
1
+1
1