एजेन्सी  । जम्मु कश्मीरको पहलगाममा आतङ्ककारीहरूले पर्यटकहरूको एक समूहलाई लक्षित गरी हमला गरेका छन्।

उक्त हमलामा  १६ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा दुई विदेशी नागरिक पनि रहेको भारतीय संचारमाध्यमहरुले जनाएका  छन्। हमलापछि दिल्ली र मुम्बईमा उच्च सतर्कता अपनाइएको छ।

एबीपीका अनुसार  हिजो पहलगाममा भएको आतङ्कवादी हमलामा दुई विदेशी नागरिकको पनि ज्यान गएको छ। मृतक विदेशी नागरिकहरू नेपाल र यूएईका भएको बताइएको छ ।  मृत्यु हुनेमा नेपाली नागरिक सन्दिप न्यौपाने रहेको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार