राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले आज सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा वैशाख २१ गतेदेखि सुरु भई जेठ २ गतेसम्म सञ्चालन हुने भएको छ।

परीक्षा प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दू व्याकरण विषयको परीक्षा हुने तालिकामा उल्लेख गरिएको छ।

यसअघि बोर्डले परीक्षा वैशाख ११ गतेदेखि सुरु गर्ने निर्णय गरेको थियो तर शिक्षकहरूको आन्दोलनका कारण परीक्षा तय समयमै सुरु हुन सकेन। त्यसपछि बोर्डले हिजो बेलुका परीक्षा स्थगन गर्ने निर्णय गर्दै नयाँ मिति सार्वजनिक गरेको हो।

परीक्षा तालिका अनुसार सबै विषयका परीक्षा क्रमशः सञ्चालन हुनेछन् भने बोर्डले परीक्षार्थीहरूलाई समयमै परीक्षा केन्द्रमा पुग्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार