काठमाडौं, वैशाख १३ । काठमाडौंको बिजुलीबजारमा जारी शिक्षक आन्दोलनका क्रममा एक जना शिक्षक कुटिएका छन्।
शनिबार दिउँसो करिब १ बजे नेपाल शिक्षक महासंघको राष्ट्रिय आन्दोलनमा सहभागी भएका धनगढीका ५४ वर्षीय केशवराज जोशीमाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन्।
बोहराका अनुसार आन्दोलनमा सहभागी करिब १५–२० जना शिक्षकको समूहसँग मतभेद हुँदा जोशीमाथि कुटपिट भएको हो। घटनापछि प्रहरीले जोशीलाई उद्धार गरी उपचारका लागि सिभिल अस्पताल पुर्याएको छ।
जोशीको टाउकोमा चोट लागेको र शरीरका विभिन्न भागमा पनि चोटहरू देखिएको प्रहरीले जनाएको छ। हाल उनको अस्पतालमा उपचार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
1
+1
+1
+1