झापा, २०८२ जेष्ठ १७ । झापाको मेचिनगर नगरपालिका वडा नं. १ सुनारे टोलस्थित सिँचाइ नहरमा एक पुरुषको मृत अवस्थामा फेला परेका छन्।

जिल्ला इलामको रोङ गाउँपालिका वडा नं. ६ निवासी ५६ वर्षीय भगिरथ तामाङ आज सिद्धिखोला हुँदै मेचिनगर–२ भृकुटिसम्म सिँचाइका लागि बनाइएको नहरको ढोकामा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

घटना सम्बन्धी जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काकडभिट्टा र प्रहरी चौकी तिरिङ्खोलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार