झापा, मेचीनगर । झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१२, धुलाबारी बस स्ट्याण्डमा मिति २०८२ साल जेठ २९ गते अन्दाजी १५:३० बजेको समयमा भन्सार छली गरी ल्याइएका मोबाइल फोनहरू बरामद गरेको छ।
धुलाबारीबाट ईटहरीतर्फ जान लागिरहेको बसमा चढ्न लागेको अवस्थामा भारत, पश्चिम बंगालका अन्दाजी ६५ वर्षीय नुर आलमलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उहाँले झोलामा लुकाईछिपाई ल्याएका विभिन्न मोडलका १३ थान आइफोन मोबाइलहरू बरामद गरिएको छ, जसको अनुमानित मूल्य अन्दाजी ५ लाख ४० हजार रुपैयाँ रहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बरामद मोबाइलहरू भन्सार छली गरी ल्याइएका हुन्। पक्राउ परेका व्यक्ति र बरामद मोबाइलहरू आवश्यक कारवाहीका लागि आज भन्सार कार्यालय, काँकडभिट्टा पठाइएको छ।
बरामद मोबाइलहरूको विवरणः
१. iPhone 13 Pro Max – १ थान
२. iPhone 12 Pro – २ थान
३. iPhone 12 – ३ थान
४. iPhone 11 – ६ थान
५. iPhone XR – १ थान







