झापा, मेचीनगर ।  झापा जिल्ला अन्तर्गत मेचीनगर नगरपालिका–१ स्थित गणेश टोलको मकैबारीमा आज असार २ गते बिहान ८:५५ बजे एक जंगली पोथी हात्ती मृत अवस्थामा फेला परेको छ।

घटनास्थल नजिकैको तिरिङखोला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हात्तीको शव फेला पारेपछि उक्त क्षेत्रलाई सुरक्षित राखिएको छ। साथै, डिभिजन वन कार्यालय भद्रपुर, झापालाई पनि घटनाको जानकारी गराइएको प्रहरीले जनाएको छ।

हालसम्म हात्तीको मृत्युको कारण खुल्न सकेको छैन। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र वन कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ।

स्थानीय बासिन्दाहरूले हात्ती केही दिनदेखि आसपासको जंगल र बस्तीमा देखिएको बताएका छन्। प्रारम्भिक अनुमान अनुसार विष सेवन, करेन्ट लाग्ने वा अन्य प्राकृतिक कारणले मृत्यु भएको हुन सक्ने भए पनि आधिकारिक पुष्टि भने बाँकी नै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार