बुद्धशान्ति । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा झापाको बुद्धशान्ति गाउँपालिका–१ का लागि १४ वटा विकास योजना समावेश गरेको छ। यी योजनाहरू सडक, सिचाइ, तटबन्ध, खानेपानी र भवन निर्माणसँग सम्बन्धित छन्।
प्रदेश सरकारले योजनाका लागि २ करोड २ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ भने पालिका तर्फबाट ८२ लाख ५० हजार रुपैयाँको साझेदारी रकम सुनिश्चित गरिएको छ। कुल बजेट २ करोड ८४ लाख ५० हजार रुपैयाँ पुगेको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभएको छ।
सडक योजनाहरू:
१. होक्से स्कुल–मादेन–१ नं वडा कार्यालय सडक
– प्रदेश समपूरक योजना अन्तर्गत समावेश
– प्रदेश बजेट : ५५ लाख
– पालिका साझेदारी : ८२ लाख ५० हजार
– कुल : १ करोड ३७ लाख ५० हजार
२. शान्तिचोक–१ नं वडा कार्यालय सडक : २० लाख
३. कल्याण मार्ग कालोपत्रे : २० लाख
४. दिव्य मार्ग सडक : २५ लाख
भवन निर्माण:
५. जेष्ठ नागरिक तथा अपांग चाैतारी (होक्से) : १५ लाख
६. विपी उपकार कोष भवन मर्मत : ५ लाख
खानेपानी:
७. भोटेटार खानेपानी : ५ लाख
८. होक्से खानेपानी : ५ लाख
९. बुधबारे साना शहरी खानेपानी : ५ लाख
तटबन्ध:
१०. दामा खोला तटबन्ध (नयाँ झोलुङ्गे पुल आसपास) : ७ लाख
सिचाइ:
११. गशेण पैनी (दामामझुवा) : १० लाख
१२. कार्की पैनी : १० लाख
१३. हँडिया–दामा–विरिङ डुम्रीबोट निकास पैनी : १० लाख
१४. सुब्बा–गिद्धे पैनी : १० लाख
वडा अध्यक्ष अनिल वाग्लेले प्रदेश सरकार, प्रदेश योजना आयोग, सम्बन्धित मन्त्रालयहरू र सरोकारवाला सबैप्रति बजेट सहयोगका लागि आभार व्यक्त गरेका छन्।







