हल्दीबारी, झापा | हल्दीबारी डट कम । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि झापा जिल्लाका १५ वटा स्थानीय तहले कुल १३ अर्ब १८ करोड ६६ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्।

जिल्लाका ८ नगरपालिका र ७ गाउँपालिकाले आफ्ना सभाबाट नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्। सबैभन्दा ठूलो बजेट मेचीनगर नगरपालिकाले ल्याएको छ भने सबैभन्दा सानो बजेट हल्दीबारी गाउँपालिकाले ल्याएको हो।

प्रमुख नगरपालिकाहरूको बजेट:

मेचीनगर: १ अर्ब ५२ करोड

बिर्तामोड: १ अर्ब ५१ करोड

दमक: १ अर्ब ४५ करोड

अर्जुनधारा: ९५ करोड

शिवसताक्षी: ९१ करोड

गौरादह: ८४ करोड

भद्रपुर: ८० करोड

कन्काई: ७० करोड

प्रमुख गाउँपालिकाहरूको बजेट:

कमल गाउँपालिका: ७२ करोड ८२ लाख

बुद्धशान्ति: ६७ करोड ६७ लाख

कचनकवल: ६६ करोड १९ लाख

बाह्रदशी: ५५ करोड १८ लाख

गौरीगञ्ज: ५३ करोड ८६ लाख

झापा गाउँपालिका: ५१ करोड ४२ लाख

हल्दीबारी गाउँपालिका: ४९ करोड ७७ लाख

प्राथमिकता क्षेत्र:

पालिकाहरूले नीति तथा कार्यक्रममा पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएका छन्। कतिपय पालिकाले बजेट घटाएका छन् जसले विकासको गति प्रभावित हुन सक्ने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार