झापा, २०८२ असार १३ गते ।  झापा जिल्ला बिर्तामोड नगरपालिका–१ स्थित बिर्तासिटी अस्पताल छेउमा रहेको एक खाजा चिया नास्ता पसलमा आज दिउँसो अन्दाजी ४ बजे आगलागी भएको छ।

प्राप्त जानकारी अनुसार सो पसल बलभद्र प्रसाईँले संचालन गर्दै आएका थिए। टिनको छानो र टिनको बेरा भएको भुइँतले छाप्रोमा सञ्चालनमा रहेको सो पसलमा अचानक आगलागी भएपछि तत्कालै ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोली, स्थानीय बासिन्दा तथा बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा करिब १६:२० बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो।

उक्त आगलागीबाट पसलभित्र रहेका खाजा नास्ता, भाँडाकुँडा, फ्रिज लगायतका सामग्री जली अन्दाजी रु. २,५०,००० (दुई लाख पचास हजार रुपैयाँ) बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

हाल आगलागीको कारणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार