झापा, २०८२ असार १९ गते । झापा जिल्ला बिर्तामोड नगरपालिका–०७ फक्तालुङ्ग बस्ने ५९ वर्षीय लोक प्रसाद लिम्बुको जंगली हात्तीको आक्रमणबाट घटनास्थलमै ज्यान गएको छ।
आज बिहान करिब ३:४५ बजे आफ्नै घरको आँगनमा शौच गर्न निस्केका लिम्बुलाई एक जंगली हात्तीले अचानक आक्रमण गरी किच्दा तत्कालै घटनास्थलमै मृत्यु भएको हो। आक्रमणपश्चात हात्ती दक्षिण दिशातर्फ भागेको बताइएको छ।
टेलिफोन मार्फत घटनाको जानकारी प्राप्त हुनासाथ गारामनीस्थित अस्थायी प्रहरी चौकी (अप्रचौ) बाट टोली खटिइ घटनास्थल सुरक्षित गरिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय (इप्रका) अनारमनीबाट थप टोली घटनास्थल पुगेको छ। मृतकको शव पोष्टमार्टमका लागि पार्देशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
2
+1
+1
1
+1
2
+1
1







