झापा / झापा गाउँपालिकामा कार्यरत तीन जना स्थायी कर्मचारीको तहवृद्धि गरिएको छ।

कोशी प्रदेश सरकारले जारी गरेको “स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८०” को दफा २७ तथा गाउँपालिकाको “स्थायी कर्मचारी तहवृद्धि कार्यविधि, २०८१” को दफा ७ अनुसार उनीहरूको तहवृद्धि गरिएको हो।

तहवृद्धि सिफारिस समितिको मिति २०८२ असार १८ गतेको सिफारिस र सोही दिनको गाउँपालिकाको निर्णयअनुसार जीवन ढकाल, मनिष गुरागाईं र अम्बिका गौतमको तहवृद्धि गरिएको गाउँपालिकाले जनाएको छ।

तहवृद्धिसम्बन्धी कार्यक्रम सोमबार कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियासहित वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो।

गाउँपालिकाले तहवृद्धि भएका कर्मचारीहरूप्रति शुभकामना व्यक्त गर्दै कार्यक्षमतामा थप निखार ल्याउने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार