झापा, २०८२ असार २६ । मिति २०८२ असार २५ गते राती करिब १०:४५ बजे झापा जिल्ला बिर्तामोड नगरपालिका–२ रामचोकस्थित सडक छेउमा एक पुरुष गम्भीर घाइते अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय अनारमनीबाट गस्तीमा खटिएको प्रहरी टोलीले घटनास्थलमा अन्दाजी ४०–४५ वर्ष उमेरको, तत्काल नाम, थर नखुलेको पुरुषलाई टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा गम्भीर अवस्थामा भेट्टाएको थियो।

प्रहरी टोलीले उनलाई तत्काल उपचारका लागि बिर्ता सिटी अस्पताल पुर्‍याएको थियो। तर, राति १०:५५ बजे अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै जाँदा असार २६ गते दिउँसो १२:०० बजे काकरभिट्टा बसपार्कबाट बा ५ ख ६८०३ नम्बरको हायस गाडी र त्यसका चालक मकवानपुर जिल्ला, थाहा नगरपालिका–७ निवासी २७ वर्षीय रोशन तामाङलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। उनी प्रेम ब. तामाङका छोरा हुन्। घटनामा संलग्न उक्त गाडी र चालकलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक सप्तरी जिल्ला, सुरुङ्गा नगरपालिका–१ निवासी अन्दाजी ३८ वर्षीय राम ब. भुजेल रहेको खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
2
+1
0
+1
1
+1
2
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार