हल्दीबारी/ झापाको हल्दीबारी गाउँपालिका–३ का एक पुरुषको अत्यधिक गर्मीका कारण बाटोमै मृत्यु भएको छ।

वडास्थित तुलसीबारी निवासी ५६ वर्षीय जगन्नाथ राजवंशीको गर्मीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

राजवंशीको शव हिरा कृषि फर्म अगाडि, वडा नं २ र ३ को सिमानास्थित बाटोमा फेला परेको हो।

झापामा केही सातादेखि पानी नपरेको र गर्मी अत्यधिक बढिरहेको अवस्थामा हिँड्दाहिँड्दै ढलेपछि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

घटनापछि हल्दीबारी प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाको अनुसन्धान टोलीले आवश्यक कानुनी कारबाही प्रक्रिया पुरा गरी मृतकको सवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

मृतक राजवंशीका श्रीमती र चार छोराहरू रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
3
+1
0
+1
0
+1
12
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार