झापा — झापाको बिर्तामोड नगरपालिका–१० पथरभिट्टामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
स्थानीय ५३ वर्षीय पुष्प पोखरेल आइतबार राति करेन्ट लाग्दा घाइते भएका थिए। घरमा पानी हाल्न मोटर जडान गर्ने क्रममा करेन्ट लागेको हो। घाइते पोखरेललाई छिमेकी भवानी घिमिरेले राति करिब ८:४० बजे बीएन्डसी अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार उनी घरमा एक्लै बस्दै आएका थिए भने उनका परिवार पाँचथरमा बस्दै आएका छन्। सांकेतिक तस्बिर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
1
+1







