झापा । झापाको बाह्रदशी गाउँपालिकामा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएकी कचनकवल–३ की उर्मिला राजवंशीको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनी स्कुटरमा सवार थिइन्। यसअघि, सोही दुर्घटनामा गम्भीर घाइते भएका उनका ७ वर्षीय छोरा आयुष राजवंशीको असार २६ गते नै उपचारका क्रममा मृत्यु भएको थियो।

दुर्घटनामा उनका ससुरा श्रीलाल राजवंशी र अर्का एक युवाको पनि घटनास्थलमै मृत्यु भएको थियो। यससँगै उक्त दुर्घटनामा संलग्न सबै चारजनाको मृत्यु भइसकेको पुष्टि प्रहरीले गरेको छ।

प्रहरीका अनुसार दुर्घटना भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर बीच तीव्र गतिमा आमनेसामने ठोक्किँदा भएको हो। घटनाको थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार