भद्रपुर । झापा जिल्ला भद्रपुर नगरपालिका–६, नयाँबस्ति क्षेत्रमा शनिबार राति जंगली हात्ती प्रवेश गरी विभिन्न ६ घरमा ठूलो क्षति पुर्याएको छ।
घटनामा मानवीय तथा चौपाय जनावरको क्षति नभए पनि घरधुरीमा बसोबास गर्ने स्थानीयको धनमालमा ठूलो नोक्सानी पुगेको छ।
स्थानीय प्रशासनका अनुसार निम्न व्यक्तिहरुको घरमा यस्ता क्षति पुगेका छन्:
१. श्रीप्रसाद माझी – टाटीको बेरा, बरन्डाको टिन, १५ मन धान, ३ थान साइकल, काठको टेबल १ थान, डाइनिङ टेबल १ थान, तिरपाल १ थान गरी अन्दाजी रु. ५०,००० बराबरको क्षति।
२. फलेन्द्र राजबंशी – घरको टिनको बेरा भत्किएको, अन्दाजी रु. ५,००० क्षति।
३. बदन राजबंशी – टिनको बेरा भएको भान्सा घर भत्काएको, अन्दाजी रु. १०,००० क्षति।
४. तिलि राजबंशी – इँटाको भित्तो, ढोका, कल लगायत संरचना भत्किएको, अन्दाजी रु. २०,००० क्षति।
५. ओमप्रकाश राजबंशी – घरको वाल र ४ बोरा आलु नष्ट, अन्दाजी रु. २०,००० क्षति।
६. शुक्रराज डङगोल – रङ्गे डाँडा बसोबास, टिनको छानो र इँटाको वाल भएको स्टोर रूम तथा झ्याल तोडिएको, अन्दाजी रु. १५,००० क्षति।
यसरी कुल अन्दाजी रु. १,२०,००० बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय तथा वन कार्यालयबाट टोली पुगेर स्थलगत निरीक्षण गरिएको जनाइएको छ।







