झापा, साउन ४ । झापा जिल्लाको कमल गाउँपालिका–२ मा खोलाले बगाएर ल्याएको अवस्थामा एक वृद्ध पुरुषको शव फेला परेको छ।
साउन ४ गते दिउँसो करिब १:०० बजेको समयमा कमल खोलाको पुल मुनि अन्दाजी ७०/८० वर्ष उमेरका एक पुरुषको शव पानीले बगाएर ल्याएको अवस्थामा स्थानीयहरूले फेला पारेका थिए।
सूचना प्राप्त भएपछि प्रहरी चौकी तोपगाछीबाट खटिएको टोली घटनास्थलमा पुगेर क्षेत्रलाई सुरक्षित बनाएको थियो। प्रारम्भिक अनुसन्धानपछि मृतकको पहिचान शिवसताक्षी नगरपालिका–१ का ८० वर्षीय प्रभाखर पोखरेलको रूपमा गरिएको छ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय दमकबाट थप प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।
त्यसपछि दिउँसो २:४५ बजे कानुनी प्रकृया पूरा गरी मृत शरीरलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







