दमक, २०८२ साउन ४ गते । झापा जिल्ला दमक नगरपालिका–५ मा आज अपराह्न ३:४५ बजे प्रतिबन्धित लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले विशेष अपरेसनमार्फत लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, मेची स्टोर अगाडि सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका भारत बिहार राज्य, कटिहार जिल्ला निवासी २८ वर्षीय सुरज कुमार साहलाई चेकजाँच गर्दा उनको साथबाट खैरो हेरोइन जस्तो देखिने ४६.७६ ग्राम पदार्थ प्लाष्टिकसहित, र प्लाष्टिक बाहेक ४२.१७ ग्राम बरामद गरिएको छ।

त्यसका साथै सुरजको साथबाट विभिन्न दरका नेपाली रुपैयाँ जम्मा रु. ३७,९००/-, डिजिटल तराजु १ थान, सिमकार्ड प्रयोग भएको ओप्पो मोबाइल १ थान, अगाडिको सिसा फुटेको VIVO मोबाइल १ थान र भारतीय आधार कार्ड समेत फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सुरज कुमार साहलाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय दमकमा राखिएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार