जनकपुरधाम, साउन ५ । जनकपुरधामको ‘होटेल एसपी एण्ड गेष्टहाउस’ मा शनिबार राति एक युवकको छुरा प्रहार गरी हत्या गरिएको घटनामा एक युवतीलाई पक्राउ गरिएको छ।

हत्या आरोपमा महोत्तरी बनौटा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ मा बस्दै आएकी २१ वर्षीया जुली झा पक्राउ परेकी छन्। उनको आरोपित भनिएको हत्या पीडित महोत्तरी गाउँपालिका–१ निवासी ३२ वर्षीय विमलेश यादव हुन्।

प्रहरीका अनुसार झा र यादव शनिबार राति करिब पौने १० बजे होटलको १०२ नम्बर कोठामा प्रवेश गरेका थिए। तर, करिब पाँच घण्टापछि यादव कोठाभित्र रक्ताम्मे र नग्न अवस्थामा फेला परेका थिए। गम्भीर घाइते अवस्थामै अस्पताल लैजाँदै गर्दा उनको प्रादेशिक अस्पताल, जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेकी झा केही समयपछि पक्राउ परेकी हुन्। प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। तर पछिल्लो समय आर्थिक लेनदेनका विषयमा विवाद हुँदै आएकाले हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

मृतक यादव विवाहित थिए र उनका दुई सन्तान छन्, भने झा अविवाहित भएको जनाइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार