झापा । झापा गाउँपालिकामा संभावित विपद् व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष अञ्जुदेवी थपलियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपनिरीक्षक तथा नेपाली सेनाका प्रमुख सेनानी एंम नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा बाढी, पहिरो, डुबान, आगलागीलगायत संभावित प्राकृतिक तथा मानव सृजित विपद्को जोखिम न्यूनीकरण तथा तदनुसारको तयारी, सचेतना र समन्वयात्मक कार्ययोजना सम्बन्धमा महत्वपूर्ण छलफल गरिएको थियो ।
अध्यक्ष थपलियाले गाउँपालिकाले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर पूर्वतयारी एवं शीघ्र प्रतिक्रिया प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायहरुबीच समन्वय अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, शिक्षक, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







